थाहा छैन कसले कसरी कति कमाउँछ
हाम्रो त चाडपर्वले पनि घाँटी समाउँछ
देश बनाउने नारा घोकेर जङ्गल पसेको
धोकेबाज हो ऊ देश बेचेर घर बनाउँछ ।


मालिक बन्छन् हामीलाई दास बनाउँछन्
तिनीहरू आउँछन् अनि उठीबास बनाउँछन्
समानताको नारा दिएर मुठ्ठी कस्नेहरूले नै
छाति छामेर बुट बजार्छन् र लास बनाउँछन् ।


काँडा बिझेर रहर, नझिक्दै खिल भएछ
नजरमा चोट बज्रेर, नयनको डिल गएछ
चुलेसीमा मुटु या, मुटुमा चुलेसी राखे पनि
काटिने र टुक्रने मुटु रहेछ, दुख्ने दिल रहेछ ।


मलाई खुकुरी बनाएपछि ऊ दाप भएकी हो
मेरै सम्पत्ति कुम्ल्याई फलिफाप भएकी हो
म रित्तिए अनि सम्बन्ध विच्छेद मुद्दा हाली
मेरै घरमा आएर मैया रानी साप भएकी ह‍ो ।

पोखरा