
१.
घुरुक्क संघार भित्र कहर बगाउँछु
सुटुक्क भण्डार तिर रहर थमाउँछु
जहाँ साधुलाई सुली चोरलाई चौतारो
घुटुक्क संसार निल्न जहर समाउँछु
~~~~
२.
आफैँ धामी आफैँ बोक्सी हुन्छौ कतिञ्जेल
भाइमाराको बोली मात्रै सुन्छौ कतिञ्जेल
पानी माथिको ओभानो दही चिउरे लोली
गधाको मुख बागमतीले धुन्छौ कतिञ्जेल
~~~~~~
३.
मान्छेलाई प्रकृतिले कत्ति सघाउँछ
बाल्यकालमै शब्द भित्र गाउँ सझाउँछ
हुँदा खाने हुने खाने दूरी बढ्याबढ्यै
युवा ऊर्जा बाहिरिँदा आँखा रसाउँछ
~~~~~~
गजुरी-५,धादिङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
