तिम्रो मेरो कुरा घरमा, गरौँ कि नगरौँ ?
तिम्रो माया यो मुटुमा, भरौँ कि नभरौँ ?
कहिले हुन्छ जस्तो गर्छौँ, कहिले हुन्न भन्छौँ
दोधारे छौँ तिम्रो भर, परौँ कि नपरौँ ?
तिमी सधैँ भेटौँ भन्छौँ, कुरा काट्छन् दुनियाँले
साँझ पख तिमीलाई भेट्न, झरौँ कि नझरौँ ?
तिमीले हुन्न भन्छौ भने, अरु खोज्छु मनी
सबै छाडी तिम्रो मनमा, सरौँ कि नसरौँ ?
लामो यात्रा बाटो कठिन, बीचमा ठूलो सागर
तिमीलाई पाउन प्रेम सागर, तरौँ कि नतरौँ ?
रुम्बेक, दक्षिण सुडान
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला