बादल राेए वर्षा हुन्छ आत्मा राेए आँसु
हृदय जलाई जलाई कसरी म हाँसूँ

हिरा माेती जस्तो माया काैडी सम्झिदियाै
ताल,सुर मेरो गीतको तिमी नै त थियौ
सुर,ताल नै छुटेपछि खै कसरी नाचूँ
हृदय जलाई जलाई कसरी म हाँसूँ

सँगै जिउने वाचा, कसम सबै भुलिदियाै
मन मुटु मेरो ज्यानको तिमी नै त थियौ
मन मुटु नै फुटेपछि खै कसरी बाचूँ
हृदय जलाई जलाई कसरी म हाँसूँ ।