भत्केको गोठको के कुरा गरूँ?
ढलेको बोटको के कुरा गरूँ?
उसैको हातमा छ डाडु पन्यू
गरिबको भोकको के कुरा गरूँ?
मत्थु झैँ भएँ ढलपल छु आफैं
नशालु ओठको के कुरा गरूँ?
च्यातेर खल्ती भाग्दछ जहिले
बैगुनी नोटको के कुरा गरूँ?
बिलौना सुनी छोड्दै छन् खित्का
भोगेका चोटको के कुरा गरूँ ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला