रातमा दिन हुन्छ अरे, तिम्रो शहरमा
घरले आकाश छुन्छ अरे, तिम्रो शहरमा

तिम्रा सबै कामहरू, मेसिनले गर्छ अरे
मेसिनले प्लान बुन्छ अरे, तिम्रो शहरमा

कसैसँग बोल्ने समेत, फुर्सद छैन तिम्रो
सुख पनि रुन्छ अरे, तिम्रो शहरमा

स्वतन्त्र र छाडापनले, सिमा नाघेपछि
लाजले मुख थुन्छ अरे, तिम्रो शहरमा

चोर, डाका, ठगहरू, शहरतिरै आ′छ्न्
पैसाले पाप धुन्छ अरे, तिम्रो शहरमा ।

ठेगाना: गोकुलगंगा-३, रामेछाप
हाल: रुम्बेक, दक्षिण सुडान ।