नेपालकी प्यारी छाेरी तिमी गुराँस लिएर आउनु
हिमालझैँ सुन्दरी छौ हिमकाे पानी पिएर आउनु
वनपाखा, डाँडाकाँडा डाँफैझैँ छाै तिलस्मी र जादुमा
मनमाेहक लाेभी त्यो आँखालाई चुम्बन दिएर आउनु
गुराँस झरे सिन्दुरेमा भिरपाखा फुङ्ङै भाे लाै
बिना तिम्राे मायामाेह सधैँभरिलाई लिएर आउनु
हराउन्न देशकाे माया माटाे अझै प्याराे जता गए पनि
कालापानी टंकी नानी लिपुलेकसँगै सिएर आउनु
आहा ! सकिन्न भाे मेराे देशकाे बयान गरेर पनि
यायावरमा “मनु” रहे पनि नेपालीपनमा जिएर आउनु ।
साेलु
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला