के सोच्छौ, अझै मेरो जवानी गएको छैन
बाल्यकालको चकचके बानी गएको छैन
मेरो ज्यान हाजिर थियो, सबथोक त्यागेर
आज निधारमा हेर, खरानी गएको छैन
मनदेखि जोडिएका सम्बन्ध भारी हुँदैनन्
बोलाउने नभए सि पराई ठानी गएको छैन
निराहार व्रत बस्दा, मनोकांक्षा पुग्छ भने
यो शरीरमा एक मुठी, पानी गएको छैन
अन्तिम सेर,
दुई पैसा जोडेपछि, माग्न आऊ भन्यौ
धन पैसा कमाई, मुग्लानी गएको छैन।
तनहुँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला