ललाटमा देखिएन बोलाउने नाउँ
हृदयमा साँचिराछु तिम्रै लागि ठाउँ

अधरको मुस्कानले तृष्णा जगाइदियो
नजानेरै मोहनीको साइनो लगाइदियो
लजाउँदै नयन भन्छन् कुन साइनो लाउँ
तिमीभन्दा र छैन खुसी हुने ठाउँ

ललाटमा देखिएन…

यो मनले पछ्याउँदै कहाँसम्म जाउँ
बोलाउँथेँ बताइदिए मिठो गरी नाउँ
इन्द्रियले भाव खोले शुभवचन पाउँ
तिमीभन्दा पर छैन खुसी हुने ठाउँ

ललाटमा देखिएन…

सानो ठिमी
भक्तपुर