(१)
मेरो गाउँमा कान्ला छन्, भित्ता छन्
कुनै घरमा “बा” छन्, कुनै रित्ता छन्
के जान्छ्यौ र शहरबाट दुर-दराजमा
काम गर्नुपर्छ खेतबारीका कित्ता छन्

(२)
जीवनलाई सफल बनाउन असल साथी भेट्नुपर्छ
धेरै नै संघर्ष गरेर आफ्ना दुःख, पीडालाई मेट्नुपर्छ
हाम्रो जीवन भनेको एउटा सारङ्गीजस्तै हो महोदय
थाहा हुन्न मिठो धुन बजाउनलाई कतिपल्ट रेट्नुपर्छ।

(३)
आज एकाबिहानै अखबार आयो
नेपाल बन्दको समाचार आयो
भेट्छु भनेकै दिन भेट्न नपाउँदा
प्रेमिका त रिसाएको व्यवहार आयो।

इटहरी-२, सुनसरी