जिन्दगी थोत्रो गाडी हो घुम्तीहरूमा चल्नसक्छ
जिन्दगी एक फल हो धेरै पाकेर गल्नसक्छ
बचाउने कोसिसमा छु सधै आफूलाई
कुनै बेला गलेको काठको खाँबो झैँ ढल्नसक्छ
0000
जिन्दगी पानीले चुटेको माटोको डल्लो भो
जिन्दगी जति चिनी हाले पनि स्वादै खल्लो भो
दुःख मेटाई सुखमा रमाउन खोज्छु सधैँ
जिन्दगी थकान नभए पनि सुसाउने सल्लो भो
0000
जिन्दगी झुसे माकुराको जालो झैँ भयो
जिन्दगी पाटीमा पोतिएको कालो झैँ भयो
उठ्न खोज्छु अघि बढ्न तर सकिएन
जिन्दगी प्वालैप्वाल परेको टालो झैँ भयो
0000
खुंग्री, रोल्पा
हालः बुढानीलकण्ठ न पा ८, काठमाडौँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला