क्या बात् खासा खुल्दै रैछ, अचेल महानगर
तनमन भित्र डुल्दै रैछ, अचेल महानगर
कुण्ड थिए चौबाटामा, राजधानीका गल्ली
आहाल अब भुल्दै रैछ, अचेल महानगर
राता सेता भाँती रंग, अच्छा क्यानभासमा
ईन्द्रेणी झैँ घुल्दै रैछ, अचेल महानगर
बाटा खोला मन्दिर सफा, ऊ हेर्दैछ दृश्य
पर पाहुना झुल्दै रैछ, अचेल महानगर
रीत सुन्दर हित सुन्दर, पुरातत्त्वसँगै
दिगो आशमा फुल्दै रैछ, अचेल महानगर ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला