फूल दिन खोजेको थेँ काँडा समाएछौ
एउटा जीवन सम्हाल्न नि खुट्टा कमाएछौ
तेरो मेरो भन्नु नै थियो र हामीबीच
आफ्नै भन्ने माथि पनि हैकम जमाएछौ
हाँसो, खुशी सँगै बाँड्ने सपनाहरू तोडी
फर्किएर मुख मोडी एक्लै रमाएछौ
असमझको पारि तिमी वारि म कुरिरा’छु
सम्मानको खादा दिँदा तिरस्कार थमाएछौ
कुन अघि लगाई जोडुँ शब्दहरूको साथ छैन
आस्थाको पुल तोडी भ्रममै बाँच्न रमाएछौ ।
बस्टन
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला