चलिरहेको छ जिन्दगी यो, हतारमा
सकिएन लाउन जवानी, व्यापारमा
कुरो जता जाउ, पैसाकै हुने रहेछ
मूल्यहीन मान्छे पैसाविना, संसारमा
के छ खै जान्न सकिनँ, त्यो मनभित्र
नराखे हुन्थ्यो यो दिल, अन्धकारमा
म प्रगतिको शिखर, चढ्न खोजिरहेँ
जवानीझैँ इमान नबिक्ने रै’छ, बजारमा
तिमीले नै जित्यौ यो निश्चल मनलाई
म खुशी छु तिम्रो जीत, मेरो हारमा ।
भक्तपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला