जति टाले पनि जुता कुर्कुचामा फाट्यो
भारी बोकी भरिया दाइ मानेडाँडो काट्यो
रुन्छ पीरले
जता हेर्यो गरिवीको कालीभीरले

ढाकर खेप्दै यो वर्ष नि पुरै हिउँद गयो
घर फर्की आउँदा फेरि खाली हातै भयो
कुइनो टाल्न सियो-धागो, फेरि झिक्नु पर्यो
यसरी नै जिन्दगीभर सित्यै बिक्नु पर्यो

जति टाले पनि जुता कुर्कुचामा फाट्यो

डोको-नाम्लोसँग आफ्नै दु:ख उठाउँदा नि
पसिनाको धारा पुछी टोपी निचोर्दा नि
साना-साना बाल-बच्चा भोकै सुत्छन् रात
दशैँ-तिहार संक्रान्तिमा छैन साग र भात

जति टाले पनि जुता कुर्कुचामा फाट्यो
भारी बोकी भरिया दाइ मानेडाँडो काट्यो
रुन्छ पीरले
जता हेर्यो गरिबीको कालीभीरले ।