दबाई दारुबाट काम न लागेपछि
यस्तै हो प्यारले सिमाना नाघेपछि

कठोर भन्दा कठोर ढल्छ शासन
महोदय आत्मविश्वास दह्रो जागेपछि

एकपटक फिँजाएर त हेर्नुस् गम्छा
कस्ले भन्छ केही पाइँदैन मागेपछि

खचाखच छ दोकानमा हिजोआज
तपाईंले खसीको फिल्ला पो टाँगेपछि

मनमा लाल्सा बढ्दै जादो रैछ मित्र
आँखाको पुतला चारैतिर भागेपछि ।

विराटनगर -१