जातजाति फुट्दै गए, को सराप्दै छ कुन्नी?
खाना छाना टुट्दै गए, को सराप्दै छ कुन्नी?

हुने खाने मालिक भए, हुँदा खाने नोकर
लोभी पापी जुट्दै गए, को सराप्दै छ कुन्नी?

राख भयो देश कठै, कंकाल अस्थिपंजर
जाली जेल छुट्दै गए, को सराप्दै छ कुन्नी?

न भो कैल्यै ढुक्क कतै, न छ भोकमा अन्न
अभावैले कुट्दै गए, को सराप्दै छ कुन्नी?

दश लाखको मोल तोकी, कुन्जो थाप्छ छाती
गरिबलाई भुट्दै गए, को सराप्दै छ कुन्नी ?