बिहानीमा हिमाल देखेँ तराई र पहाड देखेँ
दिल खोलेर मनैभरि मेरो देश नेपाल लेखेँ ।
धेरै भाषा संस्कृति छन् अनेक रीतिरिवाज छन्
विविधमा एकताको माला उनिबसेका छन् ।
सखिया र कौडा नाचेँ साकेला र डेउडा नाचेँ
दिल खोलेर मनैभरि मेरो देश नेपाल लेखेँ ।
प्रकृतिको उपहार हो अनुपम भूमि मेरो
चौरी चर्ने बाघ डुल्ने अदभूत ठाउँ मेरो ।
हात्ती देखेँ गैँडा देखेँ डाफे,मुनाल, मैना देखेँ
दिल खोलेर मनैभरि मेरो देश नेपाल लेखेँ ।
देवभूमि पवित्र यो हजारौं छन् तीर्थ जहाँ
ऋषि, देउता, यक्ष, किन्नर, क्रीडा गर्छन् जहाँ ।
परशुराम, राम सम्झे, बुद्ध, सीता, जनक सम्झेँ
दिल खोलेर मनैभरि मेरो देश नेपाल लेखेँ ।
सगरमाथा शिरको ताज, प्रकृतिको धनी
मेचीकाली जुटेका छन् एकै मन बनी ।
गण्डकी र कोशी देखेँ कर्णाली र काली देखेँ
दिल खोलेर मनैभरि मेरो देश नेपाल लेखेँ ।
परशुराम १२ उनरुवा, डडेल्धुरा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला