पराइ आफ्नो, आफ्नो बिरानो
जीवन सधैँभरि भयो अचानो

दु:खमा काम लागेनन् कोही
बित्यो जिन्दगी रोई रोई
पीर कसैको हुँदैन सानो
जीवन सधैँभरि भयो अचानो

बसेकी छु म मान्छे चिनेर
उधारै उधारोमा खुसी किनेर
सम्झँदा अझै छुट्छ भक्कानो
जीवन सधैँभरि भयो अचानो ।

बिरुवा, स्याङ्जा
हालः पोखरा