लडेको हुँ अझै आँट छ दौडेर जाने
तिमी सोच्छौ मलाई कुल्चेर जाने?
यो घरमा कति पराइ इँट जोडिए
आफ्नैलाई हतार भो भत्केर जाने
रुँदै आउनेहरूको निरन्तर साथ छ
कहिल्यै फर्किएनन् हाँसेर जाने
बिउ रोप्नेको कुनै पहिचान छैन
पगरी गुत्दैछ फूल निमोठेर जाने
पीठमा लात हान्ने हात मिलाउँदैछ
नबोली गयो लड्दा उठाएर जाने ।
युवराज भण्डारी
तनहुँ, हाल: टोरन्टो, क्यानडा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला