१.
सुन्छेऊ भने मात्रै सुनाउँला कहानी
दुवै तृप्त हुने गरी साटौँला जवानी
यदि सहमति जनायौ भने तिमीले
दही र ठेकी भित्र चलाउँला मदानी
~~~~~
२.
देखावटी टावरले प्रविधि चल्दैन
पोल मात्रै ठड्याएर बत्ती बल्दैन
दूरदर्शीलाई दूरदराजले नपाएपछि
फोस्रा ती वक्तव्यले समृद्धि फल्दैन
~~~~~
३.
गुलियो उखुको तीतो छ व्यथा
कालजयी पीडा उस्तै छ कथा
अन्यौलमा किसान कत्ति युग बस्ने
सबै बिचौलिया लिँदैछन् मजा
~~~~~
गजुरी, धादिङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला