सधैँ ठीक-ठीक भएमा तपाईं ठीक बन्नुहुन्न
जीवनको कुनै अनौठो त्यो प्रतीक बन्नुहुन्न

बन्नुहुन्छ महान् बफादारी कुनै भक्तहरूका
रोगी, वृद्ध तथा बालकको प्राज्ञिक बन्नुहुन्न

पैसा कमाउनु होला साधन बटुल्नु होला
जीव जस्तै चाल होला सामाजिक बन्नुहुन्न

भिन्नता मानवका हुन्छन् रे मान्छेका हुँदैनन् रे
विगत बन्नुहुन्छ तर कसैका समसायिक बन्नुहुन्न

सबै कुरा पहिल्यै तय हुन्छ गर्भबाट नै भाग्य
परिचय कलाले दिन्छ आधिकारिक बन्नुहुन्न ।

हेलम्बु-६, सिन्धुपाल्चोक