मैले खोजेको साथी तिमी नै हो, मलाई तिम्रो हाथ चाहियो
मैले रोजेको सङ्गी तिमी नै हो, मलाई तिम्रो साथ चाहियो

खुल्ला होस् या गोप्य कुरा सुनिदिने विश्वास चाहियो
मेरा सबै मनका कुरा सुनिदिने साथ चाहियो
छेउमा बसी हाँसिखुसी सुम्सुम्याउने हाथ चाहियो
विपत्तिमा साथ दिने एउटा दह्रो साख चाहियो
मैले खोजेको साथी तिमी नै हो, मलाई तिम्रो हाथ चाहियो

आकाशमा लाखौं तारा झलमल गर्छन् रातभरि
मलाई भने एउटै जूनको प्रकाश छाओस् जीवनभरि
घाममा छायाँ, झरीमा बरसाती बनिदिने ओत चाहियो
मेरो मनको अँधेरीमा दियो बाल्ने हाथ चाहियो
मैले खोजेको साथी तिमी नै हो, मलाई तिम्रो हाथ चाहियो

सयौं आँखा बजारमा कयौं आँखा भीडमा
मुस्कानले लोभ्याउँदै बाटो छेक्छन् मोडमा
मैले रोजें तिम्रा आँखा, मायालु दृष्टि चाहियो
खडेरी भो जिन्दगी यो मलाई प्रेमवृष्टि चाहियो
मैले खोजेको साथी तिमी नै हो, मलाई तिम्रो हाथ चाहियो।

भोलाझार, असम, भारत