आफ्नै मान्छु आश राख्छु, जे गर्ने हो गर
तिम्रै जोवन खास राख्छु, जे गर्ने हो गर

फिदा छ यो धड्कन पनि, जब दर्शन दियौ
माया मुटु पास राख्छु, जे गर्ने हो गर

तत्पर छौ कि जलाउन, जिम्मा लाएँ ज्यानै
तिमीभित्रै सास राख्छु, जे गर्ने हो गर

ओइली जान्न मखमली, मेरो माया उस्तै
पिरतीको रास राख्छु, जे गर्ने हो गर

सजाऊ जलाऊ तिम्रो इच्छा, म भन्दिनँ केही
आफ्नो जिउँदो लाश राख्छु, जे गर्ने हो गर ।