बग्नदेऊ आँसुहरू अरू फुल्छ माया
एकान्तमा तिमी जस्तै प्यारो लाग्छ छायाँ
कान थाप्छु आँखा तान्छु मीठो मन गरी
कहीँ–कतै भेटिन्छौ कि हेर्छु दायाँ-बायाँ
केले घोच्छ कता पोल्छ घण्टौ के-के सोच्छु
अँधेरी रात नि तिमी हौ झैँ लाग्छ माया
अतीत आई स्मृतिमा यौटा कथा भन्छ
पोल्दै मन जल्दा मुटु मीठो लाग्छ माया
सम्झनाको बाढी आउँछ कतै बङ्ग्याउँछ
तिमीजस्तै सँगै हिँडी किन भाग्छ छायाँ
राम्रो सम्झे प्रेम जाग्छ धोका सम्झे घृणा
बिछोडिँदा हृदयले साक्षी राख्छ माया ।
सोलुदूधकुण्डा न.पा-११, तिङ्ला
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला