म रक्सी नप्यूँने मान्छे आज पिएँ अलिकति
तिम्रै यादमा सम्झीसम्झी नि मातें अलिकति
आफैंले आफ्नो अन्त्य अस्त्र बनाउँदैछु भन्थ्यौ
सम्झेर फेरि नमीठो रूँदैरूँदै जिएँ अलिकति
ऐनाझैं टुक्रियो दिल, भन जोडौँ म कसरी
छुटे सि भेट्ने आशामा बाँचेको थिएँ अलिकति
भन्थ्यौ अँगाली साथ सँगै भै जिउँला-मरौँला
टुटिफुटी भावना, आँसु भै दिएँ अलिकति
त्यो उस्तै छाँया उस्तै ऊ आई मन्द मुस्कुराई
शराब पिई फाटेको मन सिएँ अलिकति
जता जान्छु उतैउतै तिम्रो छाँया पछ्याउँछ
निदाउनँ सकिन म आँसु पिएँ अलिकति ।
सोलुदूधकुण्ड न.पा.११, तिङ्ला
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला