मेरा तस्बिर फाली छौ त, कस्को आदेश मान्यौ?
प्रेम पत्र बाली छौ त, कस्को आदेश मान्यौ?
अक्षर थियो मेरै नामको, डोभ नाडी भरी
छैन के ले टाली छौ त, कस्को आदेश मान्यौ?
मलाई देखे रिस गर्यौ, भन्यौ देखा नपर
मन्मा खोट पाली छौ त, कस्को आदेश मान्यौ?
भन्दै हिँड्यौ प्यार दिएँ, ठूलै भूल भयो
झुठो हल्ला हाली छौ त, कस्को आदेश मान्यौ?
जपी मैले पूजा गरेँ, बाली दियो हरदम
लात्ती लगाई ढाली छौ त, कस्को आदेश मान्यौ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला