गोजी रित्तो भएपछि घाँडो हुन्छ मान्छे
च्वास्स घोची बिझाउने काँडो हुन्छ मान्छे

बढारेर फाल्नु पर्ने कसिङ्गर जस्तो
कुच्चिएको सिद्दिएको भाँडो हुन्छ मान्छे

जान्यो भने बेइमानी इमान्दार हुन्छ
नजानेर बेक्कारको ठाँडो हुन्छ मान्छे

झुकाएर चुकाएर जसोगरी हुन्छ
आफ्नै मेसो मिलाउन चाँडो हुन्छ मान्छे ।

 

नुवाकोट १, ककनी