
मन्मा आशा पाली राख, यत्ति भए पुग्छ
मलाई तिम्रो माली राख, यत्ति भए पुग्छ
मन्त्र जप्नु मैरै नामको, पूजा गर्ने बेला
धुपबत्ती बाली राख, यत्ति भए पुग्छ
कुनै दिन आउँछु पक्कै, सजाउन शीर
तिम्रो सिउँदो खाली राख, यत्ति भए पुग्छ
जीउडाल बान्की तिम्रो, रुप सुन्दर आहा
थोरै ओठ्मा लाली राख, यत्ति भए पुग्छ
तिम्रै हातले पकाएको, पुग्छ खान पाए
घिउ दुध छाली राख, यत्ति भए पुग्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
