मनै मन मैले केवल तिमीलाई रोजेछु
सपनीमा बिपनीमा तिमीलाई खोजेछु
मनै मन

झनै झन् तिमीलाई सधैँ आफ्नो सोचेछु
हजारौँमा केवल मैले तिमीलाई रोजेछु
झनै झन्

मनै मन तिम्रो यादमा सारा दुनिया भुलेछु
मन भित्रको बह केवल तिमीलाई पोखेछु
मनै मन् ।