मलाई माया गर्ने, केवल तिमी हौ,
यो मन चोर्न सक्ने केवल तिमी हौ
केवल तिमी हौ, यी आँखामा बस्ने
केवल तिमी हौ, यो दिलभित्र पस्ने
यति धेरै माया गरी मन पगाल्ने
त्यो ढुकढुकीसँग यो मनलाई अँगाल्ने
मलाई माया गर्ने, केवल तिमी हौ
यो मन चोर्न सक्ने केवल तिमी हौ
कति माग्न आए यिनी मेरा हात
कति रम्न खोज्दै डुले मेरो साथ
सकेन कसैले मेरो सामु पर्न
तिमीले गरेको जति माया गर्न
मलाई माया गर्ने केवल तिमी हौ
यो मन चोर्न सक्ने केवल तिमी हौ
हिजोसम्म कोही थिएन यो मनमा
आयौ मुस्कुराई मेरो यो जीवनमा
अटल यो मुटुमा कता के पलायो
नशालु त्यो तिम्रो नजरले गलायो
मलाई माया गर्ने केवल तिमी हौ
यो मन चोर्न सक्ने सिपालु तिमी हौ
त्यो दिलकी म रानी र राजा तिमी हौ
मलाई माया गर्ने तिमी नै तिमी हौ ।
स्वयम्भू



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२५ कार्तिक २०८२, मंगलवार 










