
टाढियौ तिमी मसँग बोल्न नपरोस् झैँ गरी
आउँछ याद बग्दछन् आँशु रोकिन्न क्यै गरी
चलायौ जादु पगाल्यौ दिल मिठा ती बातले
सुनायौ पीडा दिए थें साथ सम्झायो रातले
बिहान, साँझ सम्झिन्थ्यौ सधैं भुल्यौ पो कसरी
आउँछ याद बग्दछन् आँशु रोकिन्न क्यै गरी
धोकेबाज रैछौ विश्वास गरेँ प्रियसी बनेर
विछोडको पिरले तड्पिन्छ मन तिमीलाई सम्झेर
देखेर हालत आजकाल मेरो रुदैँछ बनचरी
आउँछ याद बग्दछन् आँशु रोकिन्न क्यै गरी।
महाराजन्ज -३, काठमाडौं



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
