
दुःखीको जीवन सधैंको कष्ट सुख गो तर्केर
आशाको दियो झ्याप्पै निभ्दा मन रुन्छ धर्केर
शरद ऋतु सुनौला फाँट झुल्दैछन् लर्केर
पखेरा भरि सरिता पत्र फुल्दैछन् मर्केर
आधुनिक सन्तान पुरानासित बोल्दैछ झर्केर
भेल बाढी पस्यो बेमौसको सम्बन्ध चर्केर
कोरोना गाउँछ भित्र जा भन्छ संक्रमण छर्केर
भूकम्प आउँछ बाहिर जा भन्छ बस्नु छ थर्केर
अशान्ति भय बम वर्षा गर्छ युद्धले जर्केर
सघाउँछ विज्ञान दानवलाई किन ऊर्जा खर्चेर
बल बैँस बुद्धि मान्छेको शुद्धि समय घर्केर
बगेको खोली बन्दुकको गोली आउँदैन फर्केर
~~~~~
गजुरी, धादिङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
