
मसला पिनेर राख्नु आमा, दशैँका निम्ति,
चिउरा किनेर राख्नु आमा, दशैँका निम्ति
गक्ष अनुसार दान दक्षिणा गर्नै पर्ने हुन्छ
चानचुन गिनेरा राख्नु आमा, दशैँका निम्ति
भान्जा भान्जी पक्कै आउँछन्, फुपू नआए नि
डसना सिएर राख्नु आमा, दशैँका निम्ति
सबैभन्दा राम्रा जमरा, हाम्रै घरको हुनुपर्छ
माटो चिनेर राख्नु आमा, दशैँका निम्ति
ठुलो खसी नहेर्नु है गर्मी मै छ दशैं ऐले
मूल्य किटेर राख्नु आमा, दशैँका निम्ति
दुईचार दाम दिएरै बरु, मान्छे लगाएर
दाउरा चिरेर राख्नु आमा, दशैँका निम्ति
चोरे कि त बाँकी छ? छेउको बुटको ठुलो काँक्रो
आचार किचेर राख्नु आमा, दशैँका निम्ति
यो दशैँमा तिम्रो ‘काले’ पक्कै आउँछ घर
घिउ झिकेर राख्नु आमा, दशैँका निम्ति
मसला पिनेर राख्नु आमा, दशैँका निम्ति
चिउरा किनेर राख्नु आमा, दशैँका निम्ति ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
