गहको आँसु गहमै प्रिय बिलाउन नदेऊ
छल्किन देऊ ती आँखाबाट छल्कियोस् मेरै छातिमा
तिम्रो म छु नि यहाँ, मेरो तिमी छौ
तिमी मेरो भविष्य हौ, अन्तिम गन्तव्य हौ
गहको आँसु…

जरुरी के छ र हामीलाई
यो संसारको दु:ख काँधमा उठाउनु
केवल यत्ति हो हामी दुईलाई पुग्ने जति खुसी जुटाउनु
दु:खलाई आधा आधा बाँटेर सुखलाई भरीभरी साटेर
बाँचौंला यो एक बारको जूनी वरपीपल जस्तै माया साँचेर
गहको आँसु…

नयाँ घाउ लाग्ला छातिमा
पुरिएर जालान् पुराना चोटहरू
उम्रन्छन् त्यहीँ नयाँ बिरुवा ढलेका ठाउँमा पुराना बोटहरू
बाँचेर कोमल फूलको आयु
माटोको अँगालोमा बिलाउनु
यही त हो नि मान्छेको चोला
फाट्छ थाहा छ पर्छ सिलाउनु

गहको आँसु गहमै प्रिय बिलाउन नदेऊ
छल्किन देऊ ती आँखाबाट छल्कियोस् मेरै छातिमा
तिम्रो म छु नि यहाँ, मेरो तिमी छौ
तिमी मेरो भविष्य हौ, अन्तिम गन्तव्य हौ
गहको आँसु…