क्यालेन्डरमा घुमिरहने, वार पुरानै छ

सधैँ उस्तै, नफेरिएको सरकार पुरानै छ

 

नुन पाउन खुन अझै बगाउँदैछन् माइला बा

ढक छ उही, तराजु उही व्यापार पुरानै छ

 

छोडेर यो मातृभूमि जानुपर्छ साउदी खाडी

दु:ख गाउने त्यो, सारङ्गीको तार पुरानै छ

 

बेचेर ती सपनाहरू समयसँगै दौडिँदा

गुम्सिएको यो जिन्दगीको बहार पुरानै छ

 

काठको छेस्कोले काठकै मुढो जलाउँदो रहेछ

पीडा रोप्छन् आफ्नैले स्वार्थी संसार पुरानै छ ।

 

 

गुल्मी (हालः जापान)