जब कसैको मति बिग्रन्छ
अनि जीवनको गति बिग्रन्छ

बिग्रेपछि त जो कोही नि
भन्नै सकिन्न कति बिग्रन्छ

लक्ष्मी बनेर जो घर सिँगार्छे
हरे ! तिनैको पति बिग्रन्छ !

उँभो लाग्नै नसक्ने भो लीला
बिग्रियोस् अब जति बिग्रन्छ !

 

वागमती ११, कर्मैया, सर्लाही