यति मीठो गजल लेख्ने नजिकै रैछन्
घरैबाट मोफसल देख्ने नजिकै रैछन्
एक गए हजार राजा आए सिंहदरबारमा
घाम पानीसँग दुःख खेप्ने नजिकै रैछन्
कृषिप्रधान देशमा हाहाकार हुने भो अन्नको
किसानका पसिना रगत सोस्ने नजिकै रैछन्
फस्टाएको त राजनीति र मदिरा न हो साथी
साँझ सुटुक्क भट्टी पसल धोक्ने नजिकै रैछन्
क्रान्तिका नाउँमा टुहुरा खेतीले हौसिएकाहरू
मृत्यु शोकमा मिलेरै भूतल छेक्ने नजिकै रैछन्
~~~~
गजुरी – धादिङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला