वनमा बाघ छ तर जीवन छेपारो छ
मनमा राग छ तर वचन चेपारो छ

खाता हिसाबमा नाफामा छ जिन्दगी
जीवनमा त्याग झन् झन् उधारो छ

ऊ पैले साँचो सत्य बोल्ने नै थियो
जगनमा सोझो गहन अप्ठ्यारो छ

कर्मले फल दिन्छ सत्कर्मले सुख
निर्धनमा श्वास गाँस भवन टार्न गाह्रो छ

सन्तोषं परमं सुखं योगमा आफू पाएर
ध्यानमा सुखी भयो आफ्नोपन प्यारो छ ।