
आमा आमा भनी यहाँ रुँदैछु म विदेशमा
बालुवा र घामले घायल हुँदैछु म विदेशमा
बिहानीले पहिलो प्रेम छर्छ मेरै धर्तीमाथि
माटो छुँदा बालु बिझ्छ दुख्दैछु म विदेशमा
आफ्ना छैनन् वरपर देखिँदैनन् हिउँ हिमाल
छैनन् बग्ने नदी आफैँ बग्दैछु म विदेशमा
चौरी, भेडा, बाख्रा, च्याङ्ग्रा सम्झन्छु म साथीसङ्गी
समातेर उँटको लगाम हिन्दैछु म विदेशमा
सुनका बाला तराईमा हिमालमा जलधारा
पापी प्यास तातो विष पिउँदैछु म विदेशमा
रगत झर्छ थोपा थोपा आँसु बनी बनी
चल्दैछ कि छैन छाती छुँदैछु म विदेशमा ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

साहित्यपोस्ट
ज्येष्ठ ५, शुक्रवार १६:०१