धानका बाला झुले, शरदमा भुले, लाग्दै गयो मंसिर
खेतहरू भए, पहेँल्पुर आहा ! सुवर्णको तस्विर

किसानका घर, लेकबेसी गर, धान काट्नकै चटारो
भकारी बाँधी, नलाग्दै आँधी, धान ओसार्न हतारो

कति आयो मुरी, कुन्यौँका धुरी, ऋण तिर्नलाई पुग्छ कि ?
छिटो गरी भित्र्याइँ, बचाइ हावा हुरी, ऋण तिर्नलाई पुग्छ कि ?

पोहोरको मल्ले सिंचाइ गरे जल्ले बाँधे अलिक भकारी
पाइँदैन मल, गर्छ सरकार छल, उब्जाउ बढाऊँ के गरी ?

परर्भिर भा’छौ, अरुकै गीत गा’छौ, डकार्दछौ विकास
आयातितले पेट, भरिराछौं खेत, खै कहाँ छ निकास ?

मेलम्ची २,सिन्धुपाल्चोक