१
गाउँमा उत्पादित वस्तुको मूल्य मोल्ने कोही छैन
सबैतिर सुनसान छ साथमा बोल्ने कोही छैन
बेरोजगारीले गर्दा उठ्न सक्ने जति सबै परदेश छन्
बाआमा मरेको दिन घरको ढोका खोल्ने कोही छैन ।
२
चलाउन जाने भने पनि छुरा मन्त्री बनिहाल्छन्
भराएपछि ठूलाको खल्ती पूरा मन्त्री बनिहाल्छन्
मन्त्री हुन् अरु केही गर्नु पर्दैन नेपालमा अहिले
गरे मात्र चिल्ला चिल्ला कुरा मन्त्री बनिहाल्छन् ।
३
चाहिने बेला लगाउने लुगा अनि खाने गाँस भेटिएन
अब मृत्युलाई रोज्दैछिन् तर खै जाने पास भेटिएन
जसले नौ महिना गर्भमा राखेर जन्म दिई ठूलो बनाइन्
आज ती आमालाई बस्नको लागि कतै बास भेटिएन ।
सिद्धिचरण नगरपालिका १०, ओखलढुङ्गा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला