अभर पर्दा सहयोगको झोली आउँदैन
मद्दत गर्न साथीभाइको टोली आउँदैन

दाइजो दिउँ त घरखेत बारी सबै सकिन्छ
दाइजो नदिउँ छोरी लिन डोली आउँदैन

जब तिमी टाढा जान्छौ, बोल्न मन लाग्छ
तर जब सामु आउँछौ, बोली आउँदैन

भोलि खुसी हुन आज जति दुःख गर
भोलि फेरि आजै आउँछ भोलि आउँदैन ।

 

ग्रामथान-२, झोराहाट, मोरङ्ग्