साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ संवाद; छोपिएको भाग्यरेखा

Chovar Blues Mobile Size

साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार– २०७८”का लागि ९ काव्यकृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा सर्वोत्कृष्ट एक काव्यकृतिको घोषणा गर्नुअघि उत्कृष्ट ९ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट नाैमा छनोट भएको गजलसङ्ग्रह ‘छोपिएको भाग्यरेखाका स्रष्टा हरिमाया अधिकारीसँगको संवाद प्रस्तुत गरिएको छ ।

१. तपाईँको पहिलो काव्यकृति “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”का लागि छनोट भयो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

मजस्ता सिकारु लेखकको कृति छनोट हुँदा अत्यन्तै हर्षित छु ।

“साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”का लागि नौ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

sagarmani mobile size

निष्काम कर्ममा विश्वास राख्ने बानी भएकाले गर्दा जस्तो नतिजा आए पनि स्वीकार्य हुने छ ।

“छोपिएको भाग्यरेखा” लेख्नुको तपाईँको मुख्य उदेश्य के हो ? गजल लेखनको अनुभूतिबारे बताइदिनुहोस् न !

मैले होस सम्हालेदेखि नै गजल सुन्दै आएको हुनाले गजलको परिभाषा बुझ्नुअघिबाटै गजलको प्रारूपमा लेखन सुरू गरेकी रहेछु ।

तपाईँ गजल किन लेख्नुहुन्छ ? गजलको बजार न्यून भएको चर्चा चलिरहँदा गजलसङ्ग्रह नै किन ?

जसले गजल बुझेको छ त्यो मान्छे कहिल्यै भीडको पछाडि दौडन चाहँदैन । यो आत्माबाट निस्किएको एउटा सुन्दर अनुभूति हो, जो एक्लै पनि रमाउँछ । आफ्ना तीतामीठा भावना गजलका माध्यमले पोखेर सधैँ खुसी रहन सक्दछ ।

“छोपिएको भाग्यरेखा”ले यो पुरस्कार पाएको खण्डमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ होला ?

आफुले गर्दै आएको समाज सेवाका लागि त्यो रकम सदुपयोग गर्ने छु ।

अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरु के के छन् ?

चलायमान यो जीवनलाई साहित्य र संगीतमय बनाउँदै भविष्यमा अझै कालजयी रचनाहरू पस्किने विचारमा छु । यो अमूल्य समय दिएर मेरा केही भावना पोख्ने अवसर दिनुभएकोमा सम्पूर्ण साहित्यपोस्ट परिवारमा हार्दिक आभार व्यक्त गर्दछु ।

प्रतिक्रिया
Loading...