कवितामा आधारित नेपालकै पहिलो रियालिटी सो ‘द पोइट आइडल सिजन टु’को ग्लोबल डिजिटल अडिसन सुरु भएको छ । असोज १० देखि सुरु भएको ग्लोबल अडिसन कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ ।

यस कविता सम्बन्धी टेलिभिजन रियालिटी सोमा सहभागी हुन, अडिसनमा आफ्नो मौलिक सिर्जना (कविता) लाई मौलिक शैलीमा वाचन गरी उक्त वाचित कविताको भिडियो आइलडले तोकेको माध्यमबाट पठाउनु पर्नेछ ।

कविले पठाएको कविता कवि स्वयम्‌को मौलिक वा सिर्जनामा नभएमा कार्यक्रमबाट निष्कासन गरिने आइडलले

अमन प्रताप अधिकारी, निर्देशक

जनाएको छ ।

कवितामा कम्तीमा ७५ प्रतिशत नेपाली भाषाको प्रयोग भएको हुनु पर्नेछ भने २५ प्रतिशत अन्य जुनसुकै भाषाको प्रयोग गर्न सकिनेछ । ग्लोबल अडिसनमा सहभागी हुन १८ वर्ष पूरा भएको वा सोभन्दा माथिको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

प्रस्तुत छ पोइट आइडलका निर्देशक अमन प्रताप अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंशतर्फ !

 

पोइट आइडलको दोस्रो सिजनको तयारी गरिरहनु भएको छ । तयारी कस्तो चलिरहेको छ ?

– डिजिटल अडिसनको कल अप भइसकेको छ अनि सोसियल मिडिया प्ल्याटफमहरूबाट मजालै गइरहेको । साहित्यपोस्टबाट पनि अस्ति आयो । अरू तिरका अनलाइनहरूले पनि यसलाई प्राथमिकता दिने बित्तिकै चैँ, हामीले सोचेकै लेभलमा कविताहरू आउन थालिसक्यो । कविताभन्दा नि हामीले पहिलो हप्ता के एक्स्पेरियन्स गरौँ भने मान्छेहरूको इनक्वाइरी चैँ धेरै आयो । लास्ट इयर मान्छेहरूले हेर्न त हेरे, अब मान्छे सतर्क भएको छन् त, अब के गरेर पठाउने, बुँदागत लेखेर त राख्या छौँ हामीले तर पनि उनीहरूले चाहिँ मैले यसमा कविता लेख्दा हुन्छ कि हुँदैन, कति मिनेट पठाउन, काँ बाट  पठाउने, म विदेशमा छु, के हुन्छ मेरो, त्यो इन्क्वाइरी चाहिँ एकदम धेरै आइराखेको छ ।

त्यही भएर हाम्रो अफिसको अहिले खटिएको दुई तीन जना खटिएका स्टाफहरूको काम भनेको चाहिँ त्यो मिनेट मिनेटमा आइरहेकोलाई रिप्लाई गर्ने । त्यो क्रमबद्ध रूपमा चलेको चलै छ । सजिलो कहाँ राख्देको छ भने, मान्छेलाई, व्हाट्सएपमा पठाएनि भो, मेसेन्जरमा पठाएनि भो, जहाँ पनि सजिलो । जे चिजबाट उहाँहरूलाई सहज हुन्छ त्यसमा पठाउन भन्ने हो । एउटा कन्फ्युजन चाहिँ के दूर गरेको छौँ भने, हामीले खास पढ्ने मान्छेको फेस पनि हेर्न खोजेको हो । कतिले चाहिँ लास्ट इयर, मैले कविता लेखेर पो पठाइदिने हो कि, अडियो मात्रै पठाए हुने हो कि । कता कता डाँडा काँडाको दृश्य राखेर अडियो मिलाएर पठाउने हो कि भन्ने थियो, यसपालि चाहिँ हामीलाई तपाईंले नै वाचन गरेको हेर्नु छ । आफ्नै मोबाइल सिम्पल राखेर वाचन गरेर पठाए भइहाल्यो ।

दोस्रो सिजनको अडिसन खुल्ला भइसकेको छ । के कसरी भाग लिन सकिन्छ त्यो बारेमा पनि केही बताइदिनुस् न ।

– सजिलो छ सबैलाई र अहिले आएका इनक्वाइरीमा पनि एक दुई जनाले अलिकति दुःख कहाँ माने भने, यो १८ वर्षभन्दा माथिकोलाई हो । कतिजना स्टुडेन्ट लेभलकोले पठाउँदा चाहिँ हामीलाई अप्ठ्यारो के हो भने, लगभगै तपाईं   विजेता नै हुनुभयो भने त हामीसँग त तीन देखि साढे तिन महिना त बस्नु हुन्छ । भनेसि त्यो बस्नको लागि १८+ नभई हामीले आधिकारिक रूपमा राख्न नि मिल्दैन, नियम कानुनअनुसार पनि मिल्दैन, त्यसको लागि पनि अलिकति ध्यान पुराएर त्यो भन्दा मुनिकोलाई गरियो भने बुवाआमा देखि सबैलाई पाल्नुपर्ने जरुरी हुन्छ । फेरि काँ काँ बाट आउनु हुन्छ के के आउनुहुन्छ । १८+ भनेको त तपाईंले कन्ट्राकमा आफूले साइन गर्ने हो । त्यो कारणले गर्दा पनि हामीले १८+ राख्या छौँ ।

१८+ को ले कतिजना खिन्न हुनुभएको छ तर आउने हिसाबमा चैँ आइराख्नु भएको छ । आफैले लेखेको कविता हुनुपर्यो सब भन्दा पहिला । त्यो कविता यदि तपाईंले कतैबाट इन्सपायर भएर, कसैको चार शब्द उदारो लिएर या अरूले लेखेकोबाट आफूले वाचन गरेर पठाउनु भएको छ र तपाईं  सेलेक्ट हुनु भो र तपाईं  विजेता नै हुनु भो र विजेता भएको ६ महिना पछि पनि त्यो कविता चोरीको कविता रहेछ भनेर पक्ड्यो भने तब पनि तपाईंले विजेताको जे जे पाउनु भएको थियो सबै खारेज हुने छ । भनेपछि लेख्नुपर्यो आफैले, वाचन गर्नु पर्यो आफैले ।

मोबाइलअगाडि राख्नुस्, फेसअगाडि देखाउनुस् मजाले कविता पढेर पठाउनुस् । त्यसलाई अलिकति सुनमा सुगन्ध थप्न मन छ भने, पहिलो सिजनको पोइट आइडल हेरिसक्नु भएको छ, हामीले त्यसमा सङ्गीतलाई एकदम मिलाएर लिएर गएका छौँ, त्यसपछि अलिकति एक्टलाई पनि मिलाएर लिएर गएका छौँ । भनेपछि त्यसमा तपाईं   केही क्रियटिभनेस राख्न चाहनु हुन्छ भने, त्यो चाहिँ तपाईंको प्लस प्वाइन्ट भयो । तर सबै भन्दा मुख्य हेर्ने भनेको चाहिँ तपाईंको कविता र वाचन शैली नै हो ।

असोज १० देखि डिजिटल अडिसन खुल्ला भएको छ । अहिलेसम्म कस्तो छ सहभागिता ? कत्तिको उत्साहित छन् कविहरू ?

– हामीले सोचेकै लेभलमा आइराखेको छ । रेजिस्टर गर्ने एउटा टिम रेजिस्टर गरेको गरै छ । त्यो क्रमबद्ध रूपमा मिलाउनु पर्यो, कुन ठाउँबाट आको छ काँ को छ त्यो सबै लेख्ने, त्यो आइसकेको कविता चेक गर्ने हाम्रो अहिले प्राथमिक चरणका प्रडुसर र विज्ञ कविहरूले त्यो हेरी पनि राख्नु भएको छ । हाम्रो अफिस अहिले कवितात्मक माहौलमा छौँ सब जना ।

वाचन गरेका कविता कसरी छनोट हुन्छ ? त्यसमा तपाईँको हात हुन्छ कि हुँदैन ? 

– हाम्रो टिम भनेको एक जनाले छान्ने होइन । हाम्रो टिममा चरणै कस्तो हुन्छ भने, सबैको जम्मा गरिसकेपछि, हामी लगभग अन्तिमको ५,६ दिन त एउटा ठूलो स्क्रिनमा राख्छौँ, जस्तो मैले उसको प्रेजेन्टेसन शैली देखिको, उच्चारण गरेको शैली देखिको त्यो सबै हेर्ने जिम्मा मेरो हुन्छ । उसको हाउभाउ कस्तो छ किन भने यो टेलिभिजन प्रोग्राम हो, आएर वाचन मात्र गर्ने प्रोग्राम होइन । उसको अवेरनेस कस्तो छ, उसले लेखेको भाषागत ठीक छ कि छैन, भाषा हेर्ने दुई जना हुन्छ । त्यो टिमले नै हेर्छ, एक जनाले डिसाइड नै गर्दैन । टिमले माक्स दिँदाखेरि टोटल माक्समा आएका मान्छेहरू अनि छानिने हुन् । पहिलो वर्ष के भो भने, धेरै जसो साथीहरूले अन्तिम दुई दिन तिन दिन बाँकी हुँदा पठाउनु भयो ।

यसरी सोरिएर आए कि जजलाई दिनुपर्ने समय जम्मा तीन चार दिन तोकेका थियौ, सुटिङ नि तोकिसकेका छोँ । जति नम्बर एक हप्ता सम्म थियो, हामी खुसी पनि थियौँ । एक्कासि त्यो भन्दा, यदि २५% मात्र अगाडि आएको थियो भने ७५% चाहिँ अन्तिम तीन दिनमा आयो । त्यो भ्याउन नै हम्य हम्य भयो हामीलाई । यदि कोही साथीहरूले पठाउँदै हुनुहुन्छ भने चाँडै भन्दा चाँडै पठाउनुस् ताकि मजाले टिमले तपाईंको अहिले नै एनलाइज गरेर तपाईंलाई लिस्टमा वा केहीमा राखिसकेको हुन्छ । तर एउटा ध्यान चाहिँ के पुर्याउनुपर्यो भने कविता लेखेर मात्र चाहिँ सेलेक्ट हुँदैन । या तपाईंको वाचन शैली, तपाईंले त्यो प्रेसरमा लेख्न सक्ने नसक्ने शैली त्यसपछि म्युजिक र एक्टसँग कतिको कोअर्डिनेट गर्न सक्नुहुन्छ, त्यो सबै चिज पनि हेरिन्छ । लेख्ने प्रतियोगिता चाहिँ होइन यो ।

पहिलो सिजन भन्दा दोस्रो सिजन अझै राम्रो बनाउने चुनौती त पक्कै रहन्छ होला नै । दोस्रो सिजनको तयारी गर्दै गर्दा कत्तिको दबाब महसुस गरिरहनु भएको छ ?

– दभाव महसुस छ । यसमा खुसीको कुरा के छ भने, पहिलो सिजनबाट अडियन्सले चाहिँ पोइट आइडल के हो भन्ने थाहा पाए । यसरी अडियन्स रेडी हुनु भो । कविहरू भने पोइट आइडलमा म गए भने के गर्नु पर्छ भन्ने थाहा पाए । पहिलो सिजनअगाडि त मैले बोल्थे मात्रै, मेरो कार्यक्रममा यो हुन्छ त्यो हुन्छ, स्याम्पल एक दुई वटा भिडियो बनाए, कतिले बुझे बुझेनन् त्यो भएको हो । तर अब चाहिँ बुझे । अडियन्सले नि बुझे, प्रतियोगीहरूले नि बुझे । अब झन् सहज भएको छ । त्यो सहज भएपछि पहिलो सिजन हेरेको भन्दा त अलिकति दुई कदम अगाडि बढिएन भने त रमाइलो पनि हुँदैन । मान्छेले हेर्ने किन ? नौलो केही आएन भने किन हेर्ने ? पहिलो सिजनमा भन्दा उहाँहरूले कवितामा प्रस्तुत गर्ने शैली, हामीले प्रोडक्सनमा गर्ने शैलीमा परिवर्तन अवश्य आउने छ र एउटा चिया खाँदा खाँदै साथीसँग गफ गर्ने कुराहरू चाहिँ यो प्रोग्राममा निस्किन्छ ।

पहिलो सिजन त धेरै उतार चढाव झेलेर सकियो । दोस्रो सिजनमा चाहिँ कस्तो अपेक्षा राख्नु भएको छ ?

– पहिलो सिजनमै अपेक्षा थियो त्यो उतार चढाव हुन्छ भनेर । त्यो कस्तो पनि हो भने हाम्रो फिल्म निर्माता र निर्देशकको रूपमा चाहिँ मैले कसरी बुझ्छु भने मेरो सामान मैले बनाउने हो, मैले पस्किने हो । अनि मैले त्यो पस्किनको लागि म र मेरो टिमले जतिसम्म सकिन्छ त्यति गरेको छ । त्यो पछिको हात भनेको चाहिँ अडियन्सको हो । अडियन्सलाई मन पर्छ कि पर्दैन । जबरजस्ती मैले मन पराऊ भन्नै मिल्दैन । अडियन्सले मन पराउने कि नपराउने उनीहरूकै हातमा छ । हाम्रो देवता भनेको अडियन्स हो, मैले सिदै पुज्ने भनेको अडियन्सलाई हो । मैले पस्केर त दिए, उहाँहरूले त्यसलाई स्वीकार गर्न केही समय लाग्यो, समय लागेर स्वीकार गरिसकेपछि एउटा दूरी सँगसँगै निभाइयो । अब दोस्रो सिजनमा त्यही फेरि सुरु गर्नु छ, नयाँ च्यालेन्ज लिनु छ ।

पहिलो सिजन भन्दा केही फरक ढङ्गले आउँदै छ कि शैली पुरानै हुनेछ ? 

– शैली फेर्नु हुँदैन । कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रम हेर्नुभयो भने, को बन्छ करोडपतिको का शैली फेरिएको छ र ? थोरै प्रोडक्सनमा नौलो पन लिएर आउने हो तर एउटा ब्याकबोन हुन्छ नि त्यो ब्याकबोन त फेर्नु पाइँदैन नि । त्यो फेर्यो भने त हरेक वर्ष मान्छे झन् कन्फ्युज भइहाल्यो नि । उनीहरूलाई के थाहा हुनु पर्यो भने, यो वर्ष १४ जना छानिने हो । A र B टुल नै हुने हो । A मा ७ B मा ७ जना हुने हो । त्यहाँबाट हरेक हप्ता १-१ जना आउट हुने हो । उनीहरूलाई चाहिँ हरेक हप्ता त्यही नयाँ विषय दिइन्छ, विषय दिएपछि उनीहरूको मोबाइल खोसिन्छ । ३ दिनमा कविता बुझाइसक्नु पर्छ, चौथो दिनमा म्युजिक सब्मिज भइसक्नु पर्छ । पाचौँ दिनमा एक्टसँग मिटिङ भइसक्नु पर्छ, अभ्यास पनि हुनुपर्छ । छैटौँ दिनमा अभ्यास र सातौँ दिनमा सुटिङ हुन्छ । त्यो चाहिँ मेरुदण्ड हो यो कार्यक्रमको । त्यो कहिल्यै परिवर्तन हुँदैन ।

चाहे त्यो आर्थिक हिसाबले होस अथवा अन्य हिसाबले दोस्रो सिजन अलिक सहज ढङ्गले अगाडि बढ्ला भन्ने हाम्रो अपेक्षा छ । सम्भावना के देख्नु हुन्छ ?

– त्यो छ किनभने अब पहिलो सिजनमा खल्तीबाटै गए पैसा । नातागत रूपमा यदि पैसा नै हिसाब गर्ने हो भने घाटामै गएको हो तर जति पनि पैसा उठ्यो, सबैजना छक्क पर्यो । पोइट आइडल जस्तो कार्यक्रम सर्भाइभ गर्यो भन्ने एउटा होहल्ला चाहिँ बजारमा मिठो भयो । त्यसको रिजल्ट काँनिर भयो त हाम्रो दोस्रो सिजनमा एउटा प्रख्यात विज्ञापन एजेन्सीले चाहिँ हामी मार्केटिङ राइट्स् लिन्छौ भनेर उहाँहरूले आएर साइन पनि गरेर लानु भयो ।

भनेपछि बजारमा हल्ला त राम्रो रहेछ कार्यक्रमको । प्रचारप्रसारमा त मलाई चुनौती थियो । यसको अवधारणा शैलेस कणेल भाइले सुनाको आज भन्दा ७-८ वर्ष अगाडि हो । उसले एउटा फर्म्याट बनाएर निकाल्या थियो, त्यो हामीले टेलिभिजन कार्यक्रम बनाउने भनेर सोचिरहेको । कुनै टेलिभिजनले सानो कार्यक्रम बनाउन नि मानिरहेको थिएन । त्यो कन्सेप्टलाई लिएर मैले रियालिटी सो फर्म्याटमा पुग्न त ६ वर्ष लाग्यो । चानचुन होइन त छ वर्ष । दोस्रो सिजन चाहिँ मलाई काँनिर खुसी छु भने एजेन्सीले चाहिँ मार्केटिङ र त्यो सबैको जिम्मा लिएपछि त म क्रिउटिभमा मात्र बसेन्त अब । अब कसरी हुन्छ हरेक एपिसोड नयाँ, रौनक, के थपिन्छ, अब त्यो चाहिँ मज्जा आउँछ ।

पहिलो सिजनमा त धेरैले सुरुसुरुमा नबुझेर पनि यसको   आलोचना गरे   । अब त यसबारेमा धेरैलाई थाहा भइसकेको छ । यसपटक आलोचना अलिक कम आउला है ?

– हैन आओस् भन्छु म चाहिँ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको देश हो हाम्रो । हरेक चिज मैले गरेको मान्नै पर्छ भन्ने छैन नि । त्यही विषय नै मैले दिँदा, ए तैँले यो विषय बिगारिस्, यसरी दिएको भए हुन्थ्यो । १०% चाहिँ जहिले पनि एउटा, त्यो चाहिँ म कसरी बुझ्छु भने रचनात्मक आलोचनामा मान्छु म त्यसलाई । कतिजनाले पोइट आइडल नै हुनुहुँदैन, यो व्यापारीकरण भयो कविताको भन्नेहरू पनि त छन् नि तर अचम्म के लाग्छ भने जसले लेख्छ उसले नै कविता प्रतियोगितामा भाग लिन्छ, ऊ नै रकम लिन जान्छ फेरि ।

अनि त्यही कविले यदि उसले त्यसबाट पैसा कमाएन भने उसको घर कसरी चल्छ, दाल भात कसरी चल्छ । उ जुगमा मेरो बाउको लडाइँ त्यही थियो, लेखक भएपछि लेखेर बाच्नु पर्छ है, लेखेको कुरा बिक्री हुनु पर्छ है त्यही पैसाले बाच्ने हो, अरूका गएर हलो कोदालो गर्ने होइन, त्यसले लेख्ने नै हो । भन्ने लडाइ मेरो बुबाको हुन्थ्यो । यो लडाइ पनि त्यही हो । कविहरू यसरी स्थापना गरूँ कि या उहिले नवराज पराजुलि हेर्दा, प्रदिव रोजन हेर्दा हामीलाईकम खुसी लाग्दैन । टिकट किनेर जान्छ उसको सो हेर्नको लागि मान्छेहरू ।

अस्ति हाम्रै फाइनलिस्ट पल्लदिपको धरानमा सो भयो । उसलाई एउटा मोटो रकम दिएर ऊ त्याँ आको छ । उसले सब भन्दा लास्टमा, अरू ४, ५ जना कविले भनिसकेपछि उसको लास्टमा म्युजिक सहितको, तकडा छ । भनेसि त्यो रकमको कविता भनेकै पैसा पायोन्त उसले । भनेसि उसले म जिन्दगी मै कवितै भन्छु भन्ने सोच्छ नि त । गएर म एउटा क्याफे खोल्छु, त्यहाँबाट पैसा कमाैछु भनेर सोचेनन्त उसले । त्यसको लागि बनाइएको हो । त्यो चाहिँ सकारात्मक पक्ष हो । अब यसलाई नकारात्मक तान्न त, कुनै पनि कुराको नकारात्मक पक्ष तान्नलाई त के ठुलो कुरा भयो र ।

दोस्रो सिजन आउँदै छ भनेपछि धेरैलाई चासो भएको एउटा विषय यसको निर्णायकहरू को को रहने भन्ने पनि छ । के छ निर्णायकमा केही फेरबदल छ कि पहिलेकै टिम रहन्छ ?

– अब बल्ल त एजेन्सी साइन अप भयो । भनेपछि हामीले अहिले डिजिटल कल अप गर्यौं । डिजिटल कल अपपछि चाहिँ हामीले हाम्रो न्यायाधीशहरू फलानो है भनेर खुलासा गर्छौं । सबै भन्दा पहिला समय मिल्नु पर्यो । साढे तीन महिनाको समय भनेको चानचुने समय होइन । हाम्रा होस्ट पनि एकदम प्रशिक्षित अभिनेता छन् । थिएटर अभिनेता छ । उनीहरू सबैले नि केही चिज स्याक्रिफाइज गर्नु पर्छ । त्यो समय मिलाउने र भेटघाट हुने समय चाहिँ अहिले छ, अहिले भइरहेको छ । समय मिलेको खण्डमा चाँडै नै खबर गर्दै जान्छौं हामी ।

साहित्यपोस्ट पहिलो सिजनमा पनि मिडिया पार्टनर थियो । अहिले पनि साहित्यिक पार्टनरको रूपमा रहनेछ । हाम्रो रिपोर्टिङलाई लिएर केही सुझाव सल्लाह ?

– पहिलो वर्ष नि यो कुरा निस्केको थियो । पहिलो वर्ष चाहिँ पहिलो सिजन भएर सबै नै व्यस्त भयौं । हामीले चाहिँ भित्रको मात्र नभई  १४ जना प्रतियोगीहरूले त पोइट आइडलभित्र नै आफूमा भएका स्किल देखाउने एउटा ठाउँ भइहाल्यो । भनेपछि हेर्ने अडियन्सलाई नि एउटा प्ल्याटफम दिऊँ भनेर साहित्यपोस्टसँग मेरो कुराकानी भएको थियो । एउटा प्रयास चाहिँ हाम्रो के हुने वाला छ भने त्यहाँनिर हामीले एउटा विषय चाहिँ अडियन्सलाई कविता भन्नलाई दिन्छौँ ।

तपाईंहरू आफ्नो कविता साहित्यपोस्टमै पठाउनुस् । साहित्यपोस्टले नै त्यसको जज्मेन्ट गर्छ । हरेक हप्ता साहित्यपोस्ट मै, अडियन्सहरूबाट एउटा विजेता निस्किन्छ । उसको तपाईंकोमा कविता छापिन्छ, उसको अन्तर्वार्ता छापिन्छ । भनेपछि यता १४ कवि ग्रुम अप भइराखेको थियो भने, हाम्रो लगभग १२, १४ एपिसोडमा त अर्को १४, १५ वटा नयाँ कविको त जन्म भयो नि त, साहित्यपोस्टमा छापियोन्त । घरमै रुने र बसिरहेको केटाकेटीहरूको कविता आउनु र  अन्तर्वार्ता आउनु भनेको त ठूलो कुरा हो नि । साहित्यिक माहौलमा नाम आयो त उसको । भनेपछि यो चाहिँ साहित्यपोस्टले गर्ने भन्ने कुरामा चाहिँ मिटिङ चल्यो । अब यसलाई कसरी सहजीकरण गर्ने भन्ने छ । दुवैको सोच चाहिँ यो छ ।

भित्रका १४ कविले मात्र नभई बाहिरकाले नि रमाइलो गरुन् । अघि मैले भने नि, कविता दियो, उसले ३ दिनमा त कविता लेख्नु पर्छ नि त । त्यो अनुभव त त्यो १४ जनाले जिन्दगी गर्या थिएन नि त । त्यही माथि बटम २ मा पुग्दा खेरी त आदि घण्टामा लेख्नु पर्छ । त्यो पनि जिन्दगीमा अनुभव गर्या थिएन । अनुभव नगरेको चिज नराम्रो हुन्छ भन्ने छैन । जब गरियो त ठिक भयो त । त्याँ आधा घण्टामा केटाहरूले यसरी कविता लेखे कि कहिले काहीँ त ४ दिन र १ महिना सोच्न नसकेको कविता लेखे केटाहरूले । त्यो हिसाबले चाहिँ अडियन्सलाई पनि यो हप्ताको विषय यो छ भनेपछि उसले हप्ता दिनमा त्यो लेखेर साहित्यपोस्टमा लेखेर पठाइदिसक्नु पर्यो । त्यो अडियन्सले नि अनुभव गरोस् न ।

जाँदा जाँदै अन्त्यमा केही ?

तपाईंहरू खुल्ला मनले, खुल्ला दिलले आउनु पर्यो । धेरैले यो भोटिङ प्रोग्राम हो भन्ने बित्तिकै संसारभरिको भोटिङ प्रोग्रामको नकारात्मक पक्ष छँदै नै छ । हाम्रो यो बटम २ जाने फर्म्याट जुन मैले निकाले, बटम २ मा गएर बचेका पहिलो वर्ष त खतरा राम्रा राम्रा कविहरू त माथि सम्म पुगेका, बटम २ मा फेरि कविता लेखेर बाचेका कवि हुन् नि त । उसको समुदायबाट धेरै भोट आएन होला राम्रो हुँदा हुँदै या उसले कविता बिगारेको थियो होला, उसको भोट कम आयो होला ।

अर्को एउटा मौका त पाएको छ नि त, त्यो मौकाको निर्णय कसले गर्छ त जजले गर्छ । अरू रियालिटी शो हेर्नुस् जजको पावर नै हुँदैन, यहाँ त जजकै पावर रैछ त । घर पठाउने पावर नै जजको रहेछ त । भनेपछि ४ जना दिकज मान्छेले गरेको निर्णय त सही हुन सक्छ नि त, पक्षपाती हुँदैन नि त, उसले त क्षमताअनुसार निर्णय गर्छ नि त । भनेपछि त्यो एउटा पक्ष चाहिँ हाम्रो कार्यक्रमको राम्रो छ । त्यसलाई सकारात्मक रूपमा लिन सक्नुहुन्छ भने लिदिनुहोला । सक्दो धेरै कविहरूले कविता पठाएमा चाहिँ खुसी हुनेछु ।