
कति बोक्नु रहरको ढाकर ? सारा रहर चुहिएरै पोखिन्छ
हर पल मानस पटलले, रहरकै खजाना मात्र तौलिन्छ
मान्छेको जात नै यस्तै, मात्र इच्छा र आकांक्षाको भोको
छि: कति बेसरम इच्छा यो ? रोक्न खोज्यो न रोकेरै रोकिन्छ
भाग्न खोजूँ विलाशी दुनियाँदेखि, भागेर कहाँ जान सक्नु ?
इच्छा र रहरहरू नै, तँछाड-मछाडले जीवनमा दौडिन्छ
चाहनाहरूलाई बाँध्न खोज्दा स्वतन्त्रसँग उड्न खोज्छन्
समाउँ भनी जीवनभर कुद्दा, न समाइन्छ, न त भेटिन्छ
संघर्षमय जीवन हो आखिर, जहाँ सुख त पाहुना हुन्छ
इच्छाको भरौटे मात्र बन्दा, समस्याको जालमा फँसिन्छ ।

साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
