
चिरेर कर्कलो लरक्क, चुलठी बाट्यौ र ?
बाट्छु माया भन्थ्यौ चुलठीमै, कि ढाँट्यौ र?
सुकाई कर्कलो गावा, गानाको रस पकाउँदै
मस्कँदै अँगेनी छेउमा, कि माया साट्यौ र ?
ढल्केर छातीमा, भन्थ्यौ, “चाँडै आउँनु है!”
मुखले ठिक्क चेपारे, कि अन्तै आँट्यौ र ?
जे देखेँ एकै दिन देखेँ, मलिन त्यो मुहार
म नेटो नकाट्दै तिम्ले, कि डाँडो काटयौ र?
चिरेर कर्कलो लरक्क, चुलठी बाट्यौ र ?
बाट्छु माया भन्थ्यौ चुलठीमै, कि ढाँट्यौ र?
ठू़लीपोखरी, पर्वत
हालः टोरोन्टो, क्यानडा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

साताका पुस्तक : भवानी पाण्डेकाे ‘अक्षुण्ण’देखि विवेक ओझाको ‘ऐँठन’सम्म

फिल्मले नै आत्महत्या गर्नबाट बचाएको ‘नाटु नाटु’का कोरियोग्राफर
