उस्को विचारको औचित्य पुष्टि भएको छ
जस्ले सदियौंदेखि अन्याय मात्रै सहेको छ

छलछाम गरेर जसले शासन मात्र गरिरहे
उनीहरूको शासनकालमा रगत बगेको छ

भ्रम छरेर राज्यसत्ता हत्याउने सुर गर्दै छ
सत्ता, तराजुमा जोखिन ऊ बाँकी रहेको छ

सडकमा परिवर्तनको नारा घन्किएको बेला
टुँडिखेलबाट आकास झार्ने कुरा गरेको छ ।

 

तनहुँ