गजल ( वियोग शृङ्गार )
बहर – मुतकारिब मुसम्मन सालिम
अर्कान – आरो
१२२ १२२ १२२ १२२

 

तिमी थ्यौ र पो थ्यो उज्यालो अँध्यारो
गुमायौ कि पायौ म बाँचेँ उधारो ~१

कुनै साँझ छैनन् वितृष्णा नरोओस्
विगत पोल्छ खाली लगाई तगारो ~२

गुमेको छ निन्द्रा र आस्था सधैँको
भरोसा अझै गर्छ हार्ने हतारो -३

सबै स्वार्थ आफ्ना अरूमाझ पोत्नू
म जूँदो हुँ मुर्दा बनेको छु छारो ~४

म सोच्थेँ तिमी छौ तिमी नै भएको
भुसाग्नी जलेछन् हुनाले म फारो- ५

कुनै प्रेममा दाग हुन्नन् म बुझ्थेँ
खसेँ व्योमबाटै भएँ झन् पसारो – ६

सधैँ जूनले शीत बाँड्दैन रानी !
यही जिन्दगीको प्रथा हो गभारो – ७

इलाम