झिक्राले झिक्छ खोलाको किरा
किराको विश्व त्यो सानो झिक्रा
।।
उस्कै छ छाती, उस्कै छ बगर
उस्कै छ क्षति उस्कै छ ढुङ्गा
।।
दिलमा छ गुनगुन, फर्जी छ न्यानो
गुँडमा छे चरी बुझ्दिन भाषा
।।
रित्तै छ, कौसी बार्दली उस्का
पर्खिदा पर्खिदै जिन्दगी जाला
।।
लामो छ रात, भारी छ बोझ
सानो छ मन र सानै छ शिखा
।।
हास्यका शिल्प, छिन छिनको रौनक
नबोल्ने गीतमा नसुन्ने भाका
।।
अर्कैका बाजी, अर्कै को भाग्य
अर्काकै खल्ती अर्काकै पासा
।।
एउटै हो लक्ष्य, मृत्युको चस्मा
बुझ्नेलाई स्वर्ग, नबुझे चिता
।।
स्वार्थी छन् साना, हृदय मिराज
हक जति आफ्नो कर्तव्य फिर्ता
।।
नौलाको नीति, मौलोझैँ कानुन
कर्द को न्याय, बलिमा जनता

दुधौली-१, सिन्धुली